कोरोना आशंका गरिएका व्यक्ति अस्पतालको आइसोलेसन वार्डबाट भागे

डडेल्धुरा । विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि दिनप्रतिदिन चिन्ता बढ्दै गएको छ । संक्रमितको संख्या र आशंका गरिएका व्यक्तिहरु बढ्न थालेपछि चिन्दा बढेको हो ।

सरकारले कोरोनाको आशंका गरिएका व्यक्तिलाई आसोलेसनमा राखेको छ । स्थानीय तह देखि केन्द्रसम्म कसैलाई आशंका गरियो भने तत्काल आइसोलेसनमा राख्ने व्यवस्था गरिएको छ ।

तर डडेल्धुरामा भने कोरोनाको आशंका गरिएका दुईजना अस्पतालको आईसोलेसन वार्डबाट भागेका छन्। केहिसमय अघि भारबाट आएका उनीहरुलाई अस्पतालको आइसोलेसनमा राखिएका थियो ।

उनीहरु दुबै जना शनिबार दिउँसो भागेका अस्पतालले जनाएको छ ।  दुबै जनाको नमूना अस्पतालले चार दिनअघि काठमाडौं पढाएको थियो । तर अहिले सम्म पनि रिर्पोट आएको छैन् ।

उनीहरु दुबै जना जिल्लाको भागेश्वर गाउँपालिका ३ नानीगाडका रहेको प्रहरीले जनाएको छ ।

उनीहरु कता गए भन्ने थाहा नभएपनि खोजी जारी रहेको बताइएको छ । यता रिर्पोट पनि कहिले आउने भन्ने जानकारी छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार