डडेल्धुरा । कोरोना आशंकामा डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुबै जनाको रिर्पोट नेगेटिभ आएको छ । काठमाडौंमा परीक्षण गरिएको उनीहरुको रिर्पोट नेगेटिभ आएको अस्पताल स्रोतले जनाएको छ ।
केहिसमय अघि भारतबाट आएका उनीहरुलाई कोरोनाको आशंकामा चैत २५ गते आइसोलेसन वार्डमा भर्ना गरिएका थिए । तर, दुबै जना शनिबार दिउँसो वार्डबाटै भागेका थिए ।
उनीहरु दुबै जना जिल्लाको भागेश्वर गाउँपालिका ३ नानीगाडका भएको बताइएको छ ।










