नेपालमा काेराेना संक्रमितको संख्या १२ पुग्यो

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या नेपालमा १२ पुगेको छ । वीरगञ्जमा ३ जना भारतिय नागरिकमा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १२ पगेको हो ।

कोरोनाको आशंकामा नारायणी अस्पताल वीरगन्जमा राखिएका उनीहरुको नमुना रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौडा र केन्द्रीय प्रयोगशाला टेकुमा परीक्षण गर्दा कोरोना पोजेटिभ आएको हो ।

यसअघि ९ जनामा कोरोना पुष्टि भइसकेको थियो । जसमध्ये १ जना निको भएर घर फर्किसकेका छन् भने ८ जना धनगढी, बागलुङ र टेकुमा उपचार गराइरहेका छन् ।

कोरोना पुष्टि भएका तीन भारतिय नागरिकको पनि वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार