काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भाली विहान ८ बजे घरघरबाट राष्ट्रिय गानसहित ताली बजाउन नागरिकलाई आग्रह गरेका छन् । कोरोनाको उपचारमा खटिएका चिकित्सका, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा राष्ट्रिय गान गाउन र ताली बजाउन आग्रह गरेका हुन् ।
आइतबार बेलुका ट्वीट गर्दै प्रधानमन्त्री ओलीले यो संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालको कार्यक्रम भएकाले सबैले साथ दिनु पर्ने बताएका छन् । ग्लोबल कम्प्याक्ट नेपालले भोलि नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन नागरिकलाई भनेका छन् ।
उनले ट्वीटमा लेखेका छन्, “राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ, ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु । त्यसपछि सबैले एकसाथ ताली बजाउनुपर्ने आह्वान छ । ”
"Play the National Anthem!
राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ!"
ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।" pic.twitter.com/vASxaoXtnB— K P Sharma Oli (@kpsharmaoli) April 12, 2020