कोरोनाबाट बेलायतमा मृतकको संख्या १० हजार नाघ्यो


काठमाडौं । बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । पछिल्लो अपडेटअनुसार बितेको २४ घण्टामा ७ सय ३७ जनाको ज्यान गएपछि बेलायतमा मृतकको संख्या १० हजार ६ सय १२ पुगेको हो ।

तथ्याङ्क अनुसार संक्रमितको संख्या हालसम्म ८४ हजार २ सय ७९ पुगेको छ।योसंगै बेलायत विश्वमा कोरोनाबाट सबैभन्दा बढि मृत्यु हुने देशको पाँचौं नम्बरमा पुगेको छ । कोरोनाबाट बढि मृत्यु हुने देशको चौंथो नम्बरमा फ्रान्स रहेको छ । जहाँ हालसम्म कोरोनाबाट १४ हजा३ सय ९३ जनाको मृत्यु भइसकेको छ ।

तेस्रो नम्बरमा स्पेन रहेको छ । जहाँ कोरोनाबाट हालसम्म १७ हजार २ सय ९ जनाको मृत्यु भएको छ । कोरोनाबाट सबैभन्दा बढि मृत्यु हुने देशको दोस्रो नम्बरमा इटाली रहेको छ । जहाँ हालसम्म १९ हजार ८ सय ९९ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट सबैभन्दा बढि मृत्यु हुने देश अमेरिका बन्न पुगेको छ । पछिल्लो अपडेट अनुसार जहाँ २२ हजार १ सय १५ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । विश्वशक्ति राष्ट्रका रुपमा रहेको अमेरिकाले कोरोनालाई नियन्त्रण गर्न नसकिरहेको बन्दै विभिन्न टिका टिप्पणीहरु भइरहेका छन् ।

विश्वभर कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १ लाख १४ हजार ६ सय ९९ पुगेको छ भने संक्रमितको संख्या १८ लाख ५८ हजार ८ सय ६६ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार