राजधानीमै पेट्रोलियम पदार्थको हाहाकार

कैलाली। खेतीपातीको समयमा सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको हाहाकार हुँदा किसानहरु मर्कामा परेका छन । गहुँ, लगायत हिंउदे बाली र तरकारी बालीमा सिंचाई गर्नुपर्ने समयमा किसानहरुले सहजै डिजेल नपाउँदा मर्कामा परेका हुन ।

सुदूरपश्चिम प्रदेशको राजधानी अत्तरिया चोकमा रहेको अमर आयल ट्रेर्डसले आफ्नो मनोमानी ढंले तेल वितरण गरेको उपभोक्ताहरुको आरोप छ । तेल किन्नेहरुको आयल ट्रेर्डसमा बिहानैदेखि लाईन लाग्ने गरेको छ ।

माग अनुसारको तेल आफुसंग नभएकाले साँझ ७ बजे सम्म मात्रै तेल वितरण गर्न सकिने आयल ट्रेर्डसका सन्चालक सत्यप्रकाश महोपालले बताए । तर, आयल ट्रेर्डसले तेल भएको दिन पनि साँझ चांडै पम्प बन्द गर्ने गरेको स्थानिय किसान तथा उपभोक्ताहरुको गुनासो छ।

पेट्रोल पम्प सार्बजनिक सेवाको ब्यापार भएपनी सन्चालक गैरजिम्मेवार भएको स्थानियको गुनासो छ । अत्तरियामा पहाडतिरबाट साँझ ५-६ बजे आउने उपभोक्ताहरुले पनि तेल नपाउने गुनासो छ । साँझ तिर आयल निगमबाट आएको तेल पम्पमा हालेपछि अमर आयलका कर्मचारीहरुले भोली आउनु भनेर फर्काउने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार