लकडाउन बढाउने विषयमा छलफल गर्न मन्त्रीपरिषद् बैठक बस्दै, ७ देखि १० दिन थपिन सक्ने

काठमाडौं । सरकारले कोरोना रोकथामका लागि गरेको लकडाउनको समय सकिन अब १ दिन मात्रै बाँकी छ । चैत ११ गतेदेखि दोस्रो पटक थप गरेको लकडाउनको समय बैशाख ३ गते भोली सकिदै छ ।

तर, लकडाउनको समय अवधि सकिनै लागेपनि कोरोना संक्रमितको संख्या भने दिनप्रतिदिन बढ्दै गइरहेको छ । यसैबीच लकडाउन बढाउने विषयमा छफल गर्न आज ११ बजे मन्त्रीपरिषद् बैठक बस्दै छ ।

नेपालको अवस्था हेरेर लकडाउन ७ देखि १० दिन बढाउने विषयमा छलफल गर्न मन्त्रीपरिषद् बैठक बस्न लागेको बताइएको छ । त्यस्तै बैठकले लकडाउनलाई अझै कडाई गर्ने विषयमा पनि छलफल गर्ने छ ।

यसअघि राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अझै दुई साता कष्टपूर्ण हुन सक्ने भन्दै लकडाउन बैशाख दोस्रो सातासम्म हुनसक्ने संकेत  गरेका थिए ।

तीन भारतिय नागरिक सहित १४ जनामा कोरोना पुष्टि भएसँगै देशमा संक्रमणको डर देखिएको छ । भारतमा पनि संक्रमितको संख्या १० हजारको हाराहारीमा पुग्दा त्यहाँ लकडाउन बढाउने अनौपचारिक निर्णय भइसकेको छ ।

त्यसैले नेपालमा पनि भारतलाई हेरेर लकडाउन बढाउने तयारी भइरहेको छ । संक्रमणको बढी सम्भावना रहेका ठाउँहरुमा लकडाउनलाई अझै कडा गर्न सरकारले स्थानीय सरकारलाई निर्देशन समेत दिइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार