काठमाडाैंमा कोरोना आशंकामा अस्पताल भर्ना भएका दुई जनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौंमा काेराेना आशंकामा अस्पताल भर्ना भएका दुई जनामा कोरोना पुष्टि भएको छ । पेप्सिकोलामा रहेको सनसिटी अपार्टमेन्टबाट कोरोना आशंकामा पाटन अस्पताल भर्ना भएका तीन जना मध्ये दुईजनामा कोरोना पुष्टि भएको हाे । एक जनाको रिर्पोट आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।

२८ दिनअघि बेलायतबाट फर्किएका एकै परिवारका तीनजनाको सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पूनः पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।

उनीहरु मध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको छ भने एक जनाको आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

अस्पतालमा भर्ना भएका ८१ वर्षीया आमा र ५७ वर्षीय छोरामा कोरोनाको संक्रमण पुष्टि भएको हो भने बुहारीको रिपोर्ट आउन बाँकी छ।

सरकारले उनीहरुलाई कोरोना पुष्टि भएपछि हिजै देखि उक्त अपार्टमेन्ट सिल गरेको छ । प्रारम्भिक जानकारी अनुसार उक्त अपार्टमेन्टमा करिब ५ सय परिवार बसेको खुलेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार