वायु सेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त

काठमाडौं । नेपाल वायु सेवा निगमको चार वर्षे कार्यकालका लागि सुशील घिमिरे कार्यकारी अध्यक्षमा नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।

पर्यटनमन्त्री योगेश भट्टराईले निगम सुधारका लागि पूर्व पर्यटन सचिव समेत रहेका घिमिरेको नेतृत्वमा कार्यदल बनाएको थियो । तर, अहिले उनलाई नै कार्यकारी अध्यक्षको जिम्मावारी दिएको छ ।

यसअघि प्रधानमन्त्रीको सिफारिसमा झापाका मदन खरेललाई कार्यकारी अध्यक्ष बनाइएको थियो । खरेलले चार वर्ष कार्यकाल पूरा नहुँदै गएको माघमा राजीनामा दिएका थिए ।

खरेलले राजीनामा दिएपछि घिमिरेको बाटो खुलेको हो । अब घिमिरेको कार्यकाल चार वर्षको हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार