गोरखाका एक युवामा बहराइनबाट आएको ४० दिनपछि आरडीटी पोजिटिभ

गोरखा । विदेशबाट आएको ४०औं दिनमा गोरखाका एक युवामा कोरोना र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) पोजिटिभ देखिएको छ ।
जिल्लाको आरुघाट गाउँपालिका ५ का ३१ वर्षीय युवाको रिर्पोट पोजिटिभ आएको देखिएको हो ।

गोरखामा पनि स्थानीय सरकारले विदेशबाट आएका सबैको परीक्षण गरिरहँदा ति युवाको रिर्पोट पोजिटिभ आएको हो । गएको फागुन २३ गते बहराइनबाट फर्किएका ती युवा घरमै बसेका थिए ।

उनको थप परीक्षणका लागि स्वाबको नमुना प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको छ । उनलाई किटबाट परीक्षण गर्दा पोजिटिभ देखिए पनि उनमा कोरोनाको कुनै पनि लक्षण नदेखिएको अस्पतालले जनाएको छ ।

उनीसँगै आएका अर्का एक युवाको स्वाब पनि परीक्षणका लागि पोखरा पठाइएको छ । रिर्पोट आइसकेको छैन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार