पोखरामा ५५ वर्षीय महिलामा कोरोनाको एन्टीबडी पोजिटिभ

पोखरा । पोखराकी एक महिलामा कोरोनाको एन्टीबडी पोजिटिभ देखिएको छ । उनको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा रिर्पोट पोजिटिभ देखिएको हो ।

२७ दिनअघि दुबईबाट फर्किएकी ती महिला पोखरा १२ ढिकालेथरकी हुन् । उनको नमुना परीक्षण गर्दा नतिजा शंकास्पद देखिएपछि पुनः परीक्षण गरिएको थियो।

दोस्रोपटक परीक्षण गर्दा समेत पोजिटिभ देखिएकोले स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ। उक्त स्वाब पीसीआर मेसिनमा परीक्षण पश्चात कोरोना भाइरस भए नभएको पुष्टि हुने पोखरा महानगर स्वास्थ्य महाशाखाले जनाएको छ।

पोखराको १० र १२ नम्बर वडाका ३४ जनाको परीक्षण गरिएको छ । ३४ जनाको परीक्षणमा एक जनाको मात्रै पोजिटिभ आएको हो । उनी घरमा एक्लै बस्ने गरेको खुलेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार