
काठमाडौं । बाग्लुङकी कोरोना संक्रमित ६४ वर्षीया महिलाको तेस्रो रिर्पोट कोरोना नेगेटिभ आएको छ । गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै आएकी ती महिलाको यसअघिको रिर्पोट पोजिटिभ आएको थियो ।
रिर्पोट पोजिटिभ आएपछि उनको अहिले धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेकाे छ । तर उनको तेस्रो रिर्पोट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
उपचार गराइरहेका कोरोना संक्रमितमध्ये पुनः परीक्षण गरिएकाहरूको रिर्पोट नेगेटिभ आएको यो पहिलो घटना हो। यसअघि गरिएको दोस्रो परीक्षणमा ती महिलाको नतिजा पोजेटिभ आएको थियो।
अस्पतालले आजै ती महिलाको पून : परीक्षणका लागि स्बाव पठाउने तयारी पनि गरिरहेको छ । पहिलो रिर्पोट नेगेटिभ आएको २४ घण्टा भित्र अर्को रिर्पोट नेगेटिभ आएपछि विरामीलाई डिस्चार्ज गर्न सकिने अस्पतालले जनाएको छ ।
तर ती महिलासँगै अस्पतालमा रहेकी १९ वर्षीय अर्की युवतीको भने चौथो परीक्षणको नतिजा पनि पोजेटिभ देखिएको छ। उनीहरू दुबैजना बेल्जियमबाट सँगै आएका थिए।










