काठमाडौं । राष्ट्रपतिद्धारा स्वास्थ्यमन्त्रीको पद बर्खास्त भएको छ । विश्वभर फैलिएको कोरोना भाइरस फैलनबाट रोक्ने विषयमा परेको मुद्दाका बारे मतभेद हुँदा पद बर्खास्त भएको हो ।
यो घटना ब्राजिलको हो । मदभेदकै कारण ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले स्वास्थ्यमन्त्री लुईज हेनरिक मनडेटाको पद बर्खास्त गरेका छन । स्वास्थ्यमन्त्रीले एक टेलिभिजन कार्यक्रममा कोरोनालाई रौक्न नदिन सरकारले रहेक समस्याको सामना गर्ने बताएका थिए ।
यो विषयमा दुई नेताबीच भएको मतभेद सार्वजनिक भएको थियो । उनको यो भनाईले राष्ट्रपतिको आलोचना गरिएको मानिएको थियो । तर मन्त्रीले अरु देशको पाठ सिक्दै नागरिकले सामाजिक दुरीको नियमको पालना गर्नु पर्ने बताएका छन् ।
तर राष्ट्रपति भने उनको यो तर्कसँग सहमत छैनन् । उनले मानिसहरु नडराइकनै आ–आफ्नो काममा फर्कनुपर्ने धारणा व्यक्त गरेका छन् ।
अहिलेसम्म ब्राजिलमा कोरोनाबाट एक हजार नाैं सय ४७ जनाको मृत्यु भएको छ, भने ३० हजार बढी संक्रमित छन् ।









