
काठमाडौं । चीनका लागि नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डे नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पाण्डेलाई चीनका लागि नेपालको राजदूतमा नियुक्त गरेकी हुन ।
राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा संविधानको धारा २८२ अनुसार पाण्डेलाई चीनको राजदूतमा नियुक्त गरिएको उल्लेख छ ।
यसअघि चीनका लागि नेपाली राजदूतमा लीलामणि पौड्याल थिए । सरकारले गत फागुन १८ गते लीलामणि पौड्याललाई फिर्ता बोलाएपछि पाण्डेलाई चीनका लागि राजदूतमा नियुक्त गर्न सिफारिस गरेको थियो ।
हाम्रा भिडियो सामाग्री पनि हेरौं










