यदि कोही खान नपाएरै गाउँ जान लागेको भए खाद्यान्न देउ, तर जान नदेउ–प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोही खान नपाएरै गाउँ जान लागेको भए खाद्यान्नको ब्यवस्था गर्न निर्देशन दिएका छन् ।
शुक्रबार बालुवाटारमा बसेको बैठकमा उनले लकडाउनका बेला लामो दुरीको यात्रामा जान नदिन कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन आएको एक सदस्यले बताए ।

बैठकमा समितिले उपत्यकाबाट हिडेरै गाउँ जान थालेकालाई  प्रदेश र स्थानीय तहसँग समन्वय गरेर गन्तव्यमा पुर्‍याउने वा यहीँ रोक्ने विकल्प पेश गरेको थियो ।

उक्त विकल्पमा प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेक आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिदैं जो जहाँ छन् त्यहि उनिहरुको समस्या समाधान गर्न समितिलाई निर्देशन दिएका हुन । बैठकमा सरकारका मन्त्रीहरु, कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति सदस्य लगायतको सहभागिता रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

लकडाउन लम्बिँदै गर्दा काठमाडौं उपत्यकामा बस्न नसक्ने भन्दै नागरिकहरु हप्ता दिनसम्म हिँडेरै गाउँ जानेको संख्या बढ्न थालेपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्री लगायतकालाई डाकेर बालुवाटारमा छलफल गरेका थिए।

लकडाउनका बेला हप्तादिनसम्म पैदल हिंडेरै गाउँ जान बाध्य भएपछि सरकारको चौतर्फी आलोचना भइरहेको छ । लकडाउनमा वितरण भइरहेको केहि राहत पनि अप्रयाप्त र पारदर्शी नभएको ब्यापक जनगुनासो पनि छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार