काठमाडौं । नेकपाका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री प्रचण्ड आफ्ना एक मात्र छोरा प्रकाश दाहालको पहिलो स्मृति सभामा प्रचण्ड भक्कानिएका छन् । प्रचण्ड निवास खुमलटारमा सोमबार आयोजित स्व. प्रकासको प्रथम बार्षिकी तथा स्मृति सभामा प्रचण्ड छोरालाई सम्झिएर भक्कानिएका हुन ।
स्मृती सभामा निकै भावुक मुद्रामा देखिएका प्रचण्डले बोल्दै भने, प्रकाशको निधनले परिवार नै झण्डै विघटन हुने अवस्था आएको थियो, पार्टी पनि संकटमा थियो। दुबै असैह्य पिडा एकै चोटी आईपर्दा पनि सबैको सहयोग र सहानुभुतीले सम्हालियो ।
पिडालाई स्मरण गर्दै गर्दा बोल्नेक्रममा प्रचण्डको घाँटी नै अबरुद्ध भएको थियो ।
सबैखाले परिस्थितीलाई सम्हाल्न सक्ने अदभुत क्षमताका प्रचण्डले छोराको बार्षिकी तथा स्मृती सभाममा पनि आफुलाई सम्हाल्दै छोराको अल्पआयु र असामयीक निधनले ठुलो क्षती भएको बताए ।
स्मृती कार्यक्रममा प्रचण्ड परिवारले छोरा प्रकाश र छोरी ज्ञानुको सम्झनामा उनिहरुकै नामबाट खोलिएको ‘प्रज्ञा स्मृति प्रतिष्ठान’ को समेत घोषणा गरेका थिए । साथै, स्व. प्रकाशको स्मृतिमा निर्माण गरिएको स्मृति ग्रन्थ पनि सार्वजनिक गरिएको छ ।
प्रचण्ड पुत्री ज्ञानुको क्यान्सरका कारण निधन भएको थियो भने पुत्र प्रकाशको हृदयघातका कारण गत वर्ष मंसिर ३ गते आजकै दिन निधन भएको थियो ।
आमा सम्हालिन सकिनन,
स्व. प्रकाशको स्मृती सभामा उस्थित प्रचण्ड पत्नी सिता दाहाल छोरालाई सम्झेर अचेल झै भएकी थिइृन । कार्यक्रमको मंचमा प्रचण्ड छेउमै बसिरहंदा सिता निकै भावविह्वल अवस्थामा थिइन् । उनलाई छोरीहरु गंगा, रेणु लगायतकाले सम्हालेका थिए ।
मंचबाट जब आमा सिता श्रद्धाञ्जलीका लागी छोरा प्रकासको तस्बिर राखिएको ठाँउतिर अघि बढिन तब स्मृती सभाको उपस्थित सबैमा मौनता र भावविह्वलताको अवस्था छाएको थियो । छोरा प्रकाशको तस्बिरमा फुल राख्दै गर्दा सिता कोखको पिडा भित्रैदेखि बल्झिएर अचेल जस्तै भएकी थिइन । त्यसपछि उनलाई छोरीहरु र अन्य परिवारजनले सम्हालेका थिए ।
स्मृतीसभामा उपराष्ट्रपती, प्रधानमन्त्री देखि शिर्षस्थ नेता सहभागी
प्रचण्ड पुत्र स्व. प्रकाशको प्रथम बार्षिकी तथा स्मृती सभामा उपराष्ट्रपती नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, पुर्बप्रधानमन्त्री तथा काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, पुर्बप्रधानमन्त्री डा. बाबुराम भट्टराई, लगायत पूर्वमन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु, सांसदहरुको उपस्थिति रहेको थियो ।
प्रकाश एक समझदार युवा नेता– प्रधानमन्त्री
स्मृती सभामा बोल्दै प्रधामन्त्री केपीले स्व. प्रकाश दाहालको स्मरण गर्दै उनि एक समझदार युवा नेता भएका बताएका थिए ।
प्रजनताको हितमा योगदान गर्न सके मात्रै स्व. प्रकाशप्रति सच्चा श्रद्धाञ्जली हुने प्रधानमन्त्री ओलीले बताए । प्रधामन्त्री ओलीले जस्तोसुकै पिडामा पनि आफुलाई सम्हाल्न सक्ने क्षमता अध्यक्ष प्रचण्डमा रहेको भन्दै शोकलाई शक्तिमा बदलेर जीवनलाई गतिशील बनाई राख्न पनि परिवारलाई आग्रह गरे ।
प्रधानमन्त्री ओलीले स्वर्गीय प्रकाश दाहालको निधनबाट सिंगो पार्टी, देश र जनता अझै पीडामा रहेको उल्लेख गर्दै त्यसलाई शक्तिमा बदलेर देश र जनताको सेवामा लागि रहने प्रतिवद्धता पनि व्यक्त गरे ।