
उदयपुर । को रोना परीक्षणका लागि स्वाब दिएका व्यक्तिहरुले रिर्पोट नआएसम्म घरमै बस्नु पर्ने नियम बनाइको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले शनिबारदेखि लागु हुनेगरी नियम बनाएको हो ।
को रोनाका लागि स्वाब दिएका व्यक्तिहरु रिर्पोट नआउदै हिड्न थालेपछि कोरोना फैलिने भन्दै उनीहरुलाई रिर्पोट नआएसम्म घरमै बस्न अनुरोध गरिएको बताइएको छ ।
कोरोना संकट व्यवस्थापन केन्द र सुरक्षा समितिको संयुक्त बैठकले स्वाब दिएका र कन्ट्याक्ट ट्रेसिङमा आएका व्यक्तिबाट संक्रमण फैलिन सक्ने खतरा भएको भन्दै स्वाब परीक्षणका लागि दिएका व्यक्तिहरुलाई घर बाहिर निस्कन रोक लगाएको छ ।









