बागलुङकी ६५ वर्षीया बृद्धाले पनि जितिन् कोरोना

बागलुङ । बागलुङकी ६५ वर्षीया बृद्धाले पनि जितिन् कोरोना जितेकी छन् । २४ घण्टामा गरिएको परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनलाई शनिवार साँझ अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

लगातार बिहीबार र शनिबार गरेको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

दम र उच्च रक्तचापको औषधि समेत खाइरहेकी उनलाई डिस्चार्ज गरेपनि १४ दिनसम्म क्वारेन्टाइनमा डाक्टरको निगरानीमा राखिने अस्पतालले जनाएको छ ।

बेल्जियमबाट कतार एअरवेयजको जहाजबाट नेपाल आएकी ती बृद्धा आज काठमाडौंमा कोरोना निको भएर घरगएकी युवतीसँगै आएकी थिइन् । उनीसँगै आएकी अर्की युवतीको भने चौंथो स्वाब परीक्षणको नतिजा पनि पोजिटिभ आएको थियो। उनी चैत १५ देखि आइसोलेसनमा छिन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार