भारतमा कुटपिटबाट तीन जनाको मृत्यु, सय बढी पक्राउ

काठमाडौं । भारतमा कुटपिटबाट तीन जनाको मृत्यु भएको छ । भारतको महाराष्ट्रको पालघरमा कुटीकुटी हुँदा तीन जनाको मृत्यु भएको हो ।
गाडीमा पालघरबाट सुरततर्फ जाँदै गरेका उनीहरुलाई बाटोमा रोकेर केही व्यक्तिहरुले  कुटपिट गरेको प्रहरीले जनाएको छ । मृतक मध्ये दुई जना साधु र एक जना गाडी चालक रहेका छन् ।

प्रहरीले उनीहरुलाई कुटपिट गरी हल्या गर्ने १ सय १० जनालाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान गरी दोषीलाई कडा दण्ड दिन त्यहाँका मुख्यमन्त्री उद्धव ठाकुरले  प्रहरीलाई आग्रह गरेका छन् ।

आक्रमणकारीले उनीहरु चोर रहेको भन्दै आक्रमण गरेका थिए । तर, ती तीनैजना व्यक्ति एक जनाको अन्तिम संस्कारमा सहभागी हुनका लागि सुरत जान लागेको बताइएको छ ।

प्रहरीले उनीहरुको हत्याको विषयमा अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार