पार्टी फुटाउने कुरा आएपछि नेकपा सचिवालयको आकस्मिक बैठक बस्दै


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको आकस्मिक बैठक बस्दैछ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार समसामहिक बिषयमा छलफल गर्न अहिले साढे पाँच बजे आकस्मिक बैठक बस्न लागेको हो ।

आजै बसेको मन्त्रिपरिष बैठकले पार्टी फुटाउनका लागि केन्द्रीय कमिटी र संसदीय दल दुबैमा ४० प्रतिशत सदस्य आवश्यक पर्ने विधेयक ल्याउने तयारी गरेपछि सत्तारुढ नेकपाभित्र ठुलो हलचल भएको छ ।

पार्टी फुटाउने अध्यादेश ल्याउने निर्णय गरे लगतै पूर्वमाओवादी मन्त्रीहरुको छुट्टै बैठक बसेको समेत बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार