
उदयपुर । केही दिनअघि १२ जनामा कोरोना संक्रमण देखिएको उदयपुरमा फेरि ८ जनाको रिपोर्ट संकाशपद देखिएको छ । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केका थप ८ जनामा कोरोना संक्रमणको आशंका गरिएको छ ।
आशंकामा ६९ जनाको बैशाख ६ गते स्वाब संकलन गरि परीक्षण गरिएको थियो । त्यसमध्ये ८ जनाको रिपोर्ट संकाशपद आएपछि उनीहरुलाई कोरोना विशेष अस्पताल धरान लगिएको छ ।
उनीहरुको स्वाब पुन : परीक्षणका लागि धरान लगिएको छ । उनीहरुलाई संक्रमण भए नभएको पुष्टि परीक्षण पछि मात्रै थाहा हुने बताइएको छ ।
केहिदिन अघि भुल्केका १२ जनामा कोरोना पुष्टि भइसकोको छ ।










