काठमाडौं । नेपालमा एकै दिन ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरका ११ जनामा एकै दिन कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संखया ४२ पुगेको छ ।
मंगलबार उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा १० जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसअघि आजै उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनीमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमति पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।
उदयपुरमामात्रै कोरोनासंक्रमितको संख्या २२ जना पुगेको छ । कोरोनाको आशंकामा उदयपुरका १०० जनाको पीसीआरको लागि संकलन भएको नमुना धरानमा परीक्षण भइरहेको छ ।
नेपालमा ४२ जनामा संक्रमण देखिएको छ । जसमध्ये ५ जना निको भएर घर गइसकेका छन् ।