
भारत । कोरोना संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ भने करिब २० हजार संक्रमित पुगेका छन् । भारतिय संचारमाध्यमहरुका अनुसार आज (मंगलबार) मात्रै ४९ जनाको मृत्यु भएको छ ।
तथ्याङ आज अनुसार महाराष्ट्र र गजरातमा १९ / १९ जनाको कोरोनाबाट मृत्यु भएको छ । भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ् अनुसार भारतमा संक्रमितको संख्या २० हजार ४ पुगेको छ ।
भारतमा कोरोनाबाट सबैभन्दा बढि महारष्ट्र प्रभावित भएको छ । जहाँ मर्नेको संख्या २ सय ५१ पुगेको छ भने संक्रमितको संख्या ५ हजार बढि छ । विश्व माहामारीका रुपमा फैलिएको कोरोना भाइरस भारतमा पनि तिर्ब रुपमा फैलिरहेको छ ।
नेपालसंगको खुला सीमा नाका रहेकाले नेपालले झै नाकाहरुमा थप कडाई र सजगता अनपाउनु पर्ने देखिन्छ । पछिल्लो समय उदयपुरमा देखिएका संक्रमितहरुमा भारतियहरु बढि छन् ।











