विश्वका एकसय महिलाहरुको सूचीमा आफुपर्नु सबै संघर्षशिल महिलाहरुको सफलता-उमादेवी

काठमाडौं । विश्वका एक सय उत्प्रेरणादयी र प्रभावशाली महिलाहरुको सूचीमा आफु १०औं नम्बरमा पर्न सफल भएकोमा अधिकारकर्मी उमादेवी वादीले यो खुशी सबै मुक्तीगामी र संघर्षशिल महिलाहरुको भएको बताएकी छन ।

अनमोलपोष्टलाई प्रतिकृया दिदै सुदूरपश्चिम प्रदेश सभा सदस्य समेत रहेकी उमादेवीले भनिन, “आज ममा खुशीको सिमा नै छैन । यो खुशी मेरो मात्रै नभएर सबै नेपाली संघर्षशिल महिलाहरुको हो ।”

विश्वका एक सय महिलाहरुको सूचीमा आफ्नो पनि नाम समावेश भएपछि उत्पिडित समुदाय र पीडित महिला, बालबालिकाका लागि काम गर्ने थप जिम्मेवारी काँधमा आएको उनको भनाई छ ।

सबैभन्दा पिछडिएको वादी समुदायबाट संघर्ष गर्दै यहाँसम्म आईपुगेको स्मरण गर्दै उमादेवीले भनिन, “यो खुशीले समाजमा आफ्नो कर्तब्य र जिम्मेवारीलाई अझै बढाएको छ, यो खुशी मेरा लागि आगामी दिनमा काम गर्ने एक उर्जा पनि हो ।”

एक जना शारिरीक असक्त ब्यक्तीले सगरमाथा चढेपछिको उसको खुशी कस्तो होला ? त्यसैगरि मलाई पनि खुशीले मेरा पिडाहरु भुलाई दिएको अनुभव हुदैछ उमादेवीले भनिन, “वादी समुदायमा अझै पनि कहाली लाग्दा समस्या यथावत छन । आफ्नो सकृयतामा भएको आन्दोलन पश्चात सरकारले केहि ब्यवस्था त गरेको छ, तर त्यो वादी महिला, वालवालिकाहरुका लागि प्रयाप्त छैन । जसका लागि म निरन्तर लडिरहनेछु ।”

दलित समुदाय भित्रको अति नै विपन्न र पिछडिएको समुदायका रुपमा चिनिने वादी समुदायबाट संघर्ष गर्दै आएकी उमादेवीलाई बीबीसीले गरेको यो उच्च मुल्याङ्कनले उनको संघर्षशलि महिलाको परिचयमा थप एक बलियो ईटा थपि दिएको छ ।

उत्प्रेरणादयी र प्रभावशाली भूमिका खेलेका विश्वका एक सय महिलाहरुको सूचीमा आफ्नो मुल्याङ्न गरि १०औं स्थानमा राखेकोमा प्रदेश सभा सदस्य तथा अधिकारर्मी उमादेवी वादीले बीबीसीप्रती आभार समेत ब्यक्त गरेकी छन् ।

२०१८ मा उत्प्रेरणादयी र प्रभावशाली विश्वका एक सय महिलाहरुको सूची सार्बनजिक

बीबीसीले हरेक बर्ष सार्वजनिक गर्दै आएको उत्प्रेरणादयी र प्रभावशाली भूमिका खेलेका विश्वका एक सय महिलाहरुको सूची यसबर्ष पनि सार्बजनिक गरेको छ । सोमबार सार्बजनिक गरेको सूचीमा ६० देशका एकसय संघर्षशिल र पे्ररणादायी महिलाहरु समेटिएका छन् ।

जसमा नेपालबाट वादी अधिकारकर्मी उमादेवी वादी १०औं स्थानमा छन् । सूचीमा उमादेवीको संघर्षमय जीवनको उच्च मुल्याङ्कन गर्दै १०औं स्थानमा समावेश गरेको बीबीसीले जनाएको छ ।

सूचीको पहिलो नम्बरमा नाइजेरियाकी आविसोयी आजयी आकिफोलारिन रहेकी छन्। ३३ वर्षिय आविसोयी सामाजिक अभियान्ता हुन्।
छनोट गरिको सूचीमा १५ देखि ९४ वर्षसम्मका ब्यक्तीलाई समावेश गरिन्छ ।

वादी समुदाय र बालबालिकाको मुक्तीका लागि घरदेखि समाज र समाज देखि राज्यसंग लड्दै आएकी उमादेवी अहिले कांग्रेसबाट सुदूरपश्चिम प्रदेशको समानुपातिक सासंद भई आफ्नो समुदायको अधिकार र मुक्तीका लागि लागि परेकी छन ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार