
कैलाली। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पपकमल दाहाल प्रचण्डको काँधमा राष्ट्रिय राजनीतिलाई सहमतिका साथ अघि बढाउनुपर्ने दायित्व रहेको बताएका छन् ।
आज कैलालीको धनगढीमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पुर्वप्रधानमन्त्री समेत रहेका नेपालले प्रधानमन्त्री प्रचण्डको गाँधमा राष्ट्रिय राजनीतिलाई सहमतिका साथ अघि बढाउनुपर्ने दायित्व आएको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमती गरेर अघि बढ्नेमा आफु विश्वस्त रहेको समेत बताए । राष्ट्रिय सहमती नै अहिलेको आवश्यकता भएको उनको भनाई थियो ।
अध्यक्ष नेपालले टीकापुर घटनामा अदालतबाट दोषी ठहर भएर डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीलाई रिहा गर्नुपर्ने पनि बताए। टिकापुर आन्दोलन राजनीतिक घटना भएकाले यसलाई राजनीतिबाटै समाधान गरिनुपर्नेमा जोड दिए ।
उनले विचार मिल्ने पार्टीबीच एकता हुन सक्ने र त्यसका लागि केहि दलहरुसँग संवाद भइरहेको जानकारी दिए ।
‘










