
काठमाडौं । समाजवादी पार्टीबाट बिद्रोह गरेर बनेको समुहमा आफ्नो नाम राखेको भन्दै सांसद कलुदेवी विश्वकर्माले आपत्ती जनाएकी छन् ।
आफुलाई कुनै जानकारी नै नदिई सामाजवादीकी उपाध्यक्ष एवम् सांसद रेणु यादवको समुहमा आफ्नो नाम राखिएको भन्दै सांसद विश्वकर्माले आपत्ती जनाएकी हुन ।
यादवको समुहमा आफ्नो नाम रहेको भन्दै केहि संचारमाध्यमहरुमा खबर आएपछि बुधबार उनले एक विज्ञप्ति जारी गर्दै आफु उक्त समुहमा नरहेको स्पष्ट पारेकी हुन ।
“पार्टी फुटाउने कार्यमा मेरो कुनै संलग्नता छैन । त्यसबारे मेरो कसैसंग सर सल्लाह भएको छैन । मलाई कुनै जानकारी बिना मेरो नाम राखिएको प्रती मेरो घोर आपत्ती छ”, सांसद विश्वकर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
समाजवादी पार्टीकी उपाध्यक्ष एवम् सांसद रेणु यादवको नेतृत्वमा नयाँ पार्टी गठन गर्न यादवसहित सांसद महम्मद इस्तियाक राई, प्रदिप यादव, उमाशंकर अरगरीया, कलुदेवी विश्वकर्मा, सुरेन्द्र यादव, रेणुका गुरुङ लगायतको समुह बनेको खबर बाहिर आएका थिए ।
तर, उक्त समुहबारे आफुलाई कुनै जानकारी नभएको भन्दै अनमोलपोस्टसंग कुरा गर्दै सांसद विश्वकर्माले बुधबार समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भई बनेको नयां ‘जनता समाजवादी पार्टी’ मै आफु आवद्ध रहेको समेत प्रष्ट पारेकी छन् ।
बुधबार मध्यराती समाजवादी र राजपाबीच सहमती पत्रमा हस्ताक्षर गर्दै पार्टी एकताको घोषणा गरेका थिए ।
सांसद कलुदेवीद्धारा जारी विज्ञप्ति










