डिएनए विज्ञ रिमाल भन्छन, ‘निर्मलाको “भेजिनल स्वाब” राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परिक्षण गरिनुपर्छ'(भिडियोसहित)

कंचनपुर प्रहरी भन्छ: 'प्रहरीको प्रयोगशाला पनि मान्यता प्राप्त हो !

काठमाडौं । बलात्कारपछि निर्मम हत्या गरेकी कंचनपुर उल्टाखामकी १३ बर्षिय निर्मला पन्तको हत्यारा पत्ता लगाउन चाहिने प्रमाणहरु सुरु मै नष्ट गरिएपछि अहिले प्रहरी नै अन्योलमा छ ।

हत्यारा पत्ता लगाउन हरेक अनुसंन्धान गरिरहेको प्रहरीले पछिल्लो समय डिएनए जाँचको काम थालेको भएपनि त्यसले कुनै नतिजा दिन सकिरहेको छैन ।

घटनामा संलग्न भएको आंशकामा कंचनपुर प्रहरीले अहिलेसम्म ९ जनाको डिएनए संकलन गरि जाँच गरिसक्दा समेत दोसी पत्ता लाग्न सकेको छैन ।

विभिन्न तथ्य र अनुसंन्धानका आधारमा आंशका गरिएका ब्यक्तीहरुको पनि डिएनए नमिलेपछि घटना झन रहस्यमय बन्दै गइरहेको छ भने पीडितमा न्याय पाउंछु भन्ने आस मर्दै गइरहेको छ ।

तर, डिएनएका लागि निर्मलाको योनीबाट झिकिएको भनिएको ‘भेजिनल स्वाब’, के निर्मलाकै थियो त ? भन्ने प्रश्न धेरै अघि देखि जनमानसमा उठिरहेको भएपनि त्यतातर्फ प्रहरीले ध्यान दिएको छैन ।

पीडित निर्मलाका आमा बुवाले समेत आफुहरुको रगत छोरी निर्मलासंग जाँचियोस भन्दै आइरहेका छन ।

डिएनए विज्ञ यस्तो भन्छन !


विभिन्न अनुसंन्धाबाट आशंका गरिरहेका ब्यक्तीहरुको समेत डिएनए नमिलेपछि निर्मलाको योनीबाट नै झिकिएको भनिएको पदार्थमाथी नै शंका उब्जिएको छ ।
यस बिषयमा डिएनए विज्ञ तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पुर्बकार्यकारी निर्देशक जिवनप्रसाद रिमालले पनि आशंका ब्यक्त गरेका छन ।

उनले भनेका छन, “निर्मला पन्तको शरिरबाट निकालिएको स्पाम्पल (भेजिनल स्वाब) लाई राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परिक्षण गराएर, त्यसको आधिकारीता पुष्टी गरिनुपर्दछ । तेसो गरियो भने मात्रै डिएनएबाट अपराधी पत्ता लाग्ने संभावना हुन्छ ।”

निर्मलाको योनीबाट निकालिएको भनिएको उक्त पर्दाथ निर्मलाकै हो या होईन साथै त्यसलाई सुरक्षित राखिएको थियो या थिएन भन्ने कुरामाथी जनमानसमा प्रश्न उठिरहेकै छ ।

आफ्नो कार्यकालमा नेपालमा पहिलो पटक डिएनए भित्र्याएका डिएनए विज्ञ समेत रहेका रिमालले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा निर्मला पन्तको भेजिनल स्वाब जाँच नगराएसम्म जतिसुकै ब्यक्तीको डिएनए निकालेर जाँच गराएपनि त्यो नमिल्ने बताएका छन् ।

प्रहरीले आफ्नो प्रयोगशालामा मात्रै निर्मलाको भेजिनल स्वाब जाँच गरेको तर राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा नपठाएको डिएनए विज्ञ रिमालको भनाई छ ।

प्रहरीले आशंका गरिएका ब्यक्तीको संकलित डिएनए मात्रै राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाउने गरेको तर निर्मलाको शरिरबाट निकालिएको पर्दाथ प्रहरीले आफ्नै प्रयोगशालामा राख्ने गरेको र डिएनए मिले नमिलेको रिर्पोट पनि प्रहरीले नै बनाउने गरेको उनले बताए ।

निर्मला जस्तै अन्य घटनाहरुमा पनि अनुसंन्धान गर्दा फोरेन्सी इक्सपेर्ट (Forensic expert) अनुसंन्धान टोलीमा कहिल्यै राखिने नगरिएको उनले बताए । छिमेकी देशमा जस्तोसुकै अपराध र घटनामा फोरेन्सी इक्सपेर्ट अनुसंन्धान टोलीमा समावेश गरिन्छ, तर नेपालमा त्यो हुन नसक्नु बिडम्बना भएको डिएनए विज्ञ रिमालले बताए ।

जबसम्म यस्ता घटनामा फोरेन्सी इक्सपेर्ट राखिदैन र त्यस अनुसार अनुसन्धान गरिदैन तबसम्म निर्मला जस्ता पीडितले अन्यायमा बसिरहनु पर्ने उनको दाबी समेत छ ।

डिएनए विज्ञ रिमालसंग गरिएको कुराकानी यहाँ भिडियोमा हेर्न सकिन्छ ।

कंचनपुर प्रहरी भन्छ: ‘प्रहरीको प्रयोगशाला पनि मान्यता प्राप्त हो !,
निर्मला पन्तका हत्यारा पत्ता लगाउन प्रहरीले गर्दै आएको डिएनए जाँचको नतिजा सकरात्मक आउन नसक्दा अब अनुसंन्धानको कुन बाटो अपनाउने भन्नेबारे प्रहरीमै अन्योलता देखिन्छ ।
डिएनएमार्फत हत्यारा पत्ता लगाउने भन्दै अहिलेसम्म प्रहरीले ९ जनाको डिएनए जाँच गरिसक्दा समेत हत्याराबारे उपलब्धी भने शुन्य जस्तै छ ।

“हामीले अहिलेसम्म ९ जनाको डिएनए जाँच गरिसकेका छौ कंचनपुरका प्रहरी प्रमुख कुवेरसिंह कडायत भने, आवश्यक परे अनुसंन्धानका लागि आशंका गरिएका अरु पनि ब्यक्तीहरुको डिएनए जाँच गरिनेछ ।” हत्यारा पत्ता लाउने कार्यमा अनुसंन्धान जारि रहेको प्रहरी प्रमुख कडायतले बताए ।

तर, निर्मलाको यौनीबाट निकालिएको भनिएको पर्दाथ किन राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा नपठाईएको भन्ने प्रश्नमा प्रहरी प्रमुख कडायतले भने, “प्रहरीको प्रयोगशाला पनि सरकारबाट मान्यताप्राप्त हो, हामी अनुसंन्धान मै छौं ।”

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पुर्व कार्यकारी निर्देशक जिवन प्रसाद रिमालले भने जस्तै प्रहरीले आफ्नै प्रयोगशालामा निर्मलाको योनीबाट निकालिएको पर्दाथको जाँच गर्ने गरेको छ, भने आशंका गरिएका केहि ब्यक्तीहरुको डिएनए मात्रै राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाउने गरेको छ ।

निर्मलाको भेजिनल स्वाबसंग आशंका गरिएका ब्यक्तीको डिएनए जाँच गरिएपछि रिर्पोट पनि प्रहरीले नै तयार गर्दै आएको छ ।

पीडितहरु धर्ना बसेको १० दिन पुग्यो, स्वास्थ्य अवस्था बिग्रदो 


निर्मलाका हत्यारा सार्बजनिक गर्नुपर्ने भन्दै निर्मलाका आमा बुवा र अधिकारकर्मीहरु धर्ना बसेको आज १० दिन पुगेको छ । कात्तिक २५ गतेदेखि जिल्ला प्रसाशन कार्यालय कंचनपुरको गेटमा चौबिसै घण्टा धर्ना बसेका उनिहरु न्यायको पखाईमा छन् ।

आफ्नो ज्यानको समेत ख्याल नगरी न्याय माग्दै त्रिपालमुनी रात काटिरहेका उनिहरु निर्मलाको हत्यारा प्रहरीले सार्बजनिक नगरेसम्म घर नफर्किने बताईरहेका छन् ।

चिसोका कारण बिरामी परेका निर्मलाका बुवाको स्वाथ्यमा केहि सुधार आएपनि औषधी सेवन गरिनै रहेको निर्मलाकी आमा दुर्गाले बताईन । औषधी सेवन गरिरहेका बुवा यज्ञराज छोरीको हत्यारा पत्ता नलागिरहेको पिडाले मानसिक रुपमा पनि कमजोर हुदै गइरहेको परिवारजनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार