प्रदेश १ लाई ‘चिया जोन’ घोषणा गर्न माग

विराटनगर । चियाका लागि प्रख्यात मानिने प्रदेश १ लाई ‘चिया जोन’ घोषणा गर्न माग गरिएको छ । नेपालको कुल चिया उत्पादनमा प्रदेश १ मा मात्रै ९९ प्रतिशत चिया उत्पादन हुने भएकाले चियाको पकेट क्षेत्र घोषणा गर्न केन्द्र सरकारसंग माग गरिएको हो।
विराटनगरमा भएको ‘सहकारीका चियासंग सम्बन्धित सवाल, चुनौतीहरु तथा आगामी बाटो’ बिषयक प्रदेश स्तरीय छलफलमा यस्तो माग गरिएको हो ।

केन्दीय चिया सहकारी संघ लिमिटेडको आयोजनामा भएको छलफलमा संघका महासचिव रविन राईले चिया उत्पादनको मुख्य क्षेत्रको रुपमा प्रदेश १ रहेकाले यसलाई ‘चिया जोन’ घोषणा गरिनु पर्ने मुख्य माग राखेका थिए ।

कार्यक्रममा कृषि अर्थविज्ञ डा। हरिबाबु तिवारीले नेपालमा उत्पादित चियाले विश्व बजार पाएको अहिलेको अवस्थामा सरकारले बिदेशी मुद्रा आर्जनको ठुलो सम्भावनालाई उपयोग गर्न सक्नु पर्नेमा जोड दिए । नेपाली चियालाई विश्व बजारमा राम्ररी ब्राण्डिङ गर्न सके नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने उनले बताए ।

कार्यक्रममा सरोकारवालहरुले चियाको प्रर्वद्धन र बजारीकरणका लागि नीति तथा कानूनको स्पष्ट व्यवस्थ नहुँदा किसान, उद्योगी र मजदुरहरु अप्ठ्यारोमा परेको गुनासो गरेका थिए ।
सरकारले २०५७ सालमा राष्ट्रिय चिया नीति ल्याएको थियो । चिया नेपालको प्रमुख नगदेवालीमध्ये एक हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार