कंचनपुर । काँग्रेस युवा नेता तथा पुर्बमन्त्री गगन थापाले गृहमन्त्री राम बहादुर थापालाई राजिनामा दिन आग्रह समेत गरेका छन । अपराधका घटना बढेको बढेई र पीडितले न्याय नपाइरहेको अवस्थामा गृहमन्त्रीले कुर्छिमा बसिरहन नसुहाउने उनको भनाई थियो ।
बलत्कारपछि हत्या गरिएकी कंचनपुरकी निर्मला पन्तका आमाबुवालाई भेट्न कंचनपुर पुगेका नेता थापाले भने, “गृहमन्त्रीलाई जिम्मेवारीबाट हटेर यो सरकारले शान्तिसुरक्षा दिनसक्छ भन्ने कुराको विश्वास निर्माण गर्न म माग गर्छु । यो उहाँका निम्ति दुखको कुरा भएपनि यसले उहाँको बांकी राजनितीक जिवनलाई नै फाईदा गर्नेछ ।”
प्रतिनिधी सभाका सदस्य समेत रहेका नेता थापाले गृहप्रशासन आफैले अहिले निर्मलाका परिवारलाई न्याय दिन नचाहेको आरोप पनि लगाए । गृहमन्त्री रामबहादुर थापा बादलप्रति कडा रुपमा प्रस्तुत भएका नेता थापाले उनि गृहमन्त्री रहंदासम्म निर्मलाका हत्यारासम्म पुग्न नसकिने दाबी समेत गरे।
“गृहमन्त्री बादल सयौं निर्मलाका बुवा आमाहरु माथि कालो बादल नै भएर मडारिरहेका छन उनले भने, मैले संसदमा बोल्दा गृहमन्त्री बादलको क्षमतामाथि बादल लागेको छ भनेको थिएँ, जुन कुरा अहिले झलझल्ती सम्झिरहेको छु । गृहमन्त्री बादल आफै कालो बादल भएर मडारिएका कारण पानी पर्न सक्या छैन, त्यसका लागि त्यो कालो बादल नहटेसम्म पानी पर्दैन, पानी परेपछि सबै पखाल्नेछ ।”
पीडितलाई धैर्य र स्वास्थ्यको ख्याल गर्न आग्रह
कांग्रेस नेता गगन थापाले निर्मला पन्तका आमाबुवालाई भेटेर सान्त्वना दिएका छन ।
छोरीका हत्यारा सार्बजनिक गर्नुपर्ने मागगर्दै जिल्ला प्रशासन कार्यालय कंचनपुरको गेटमा बिगत ११ दिनदेखि धर्ना बसेका उनिहरुलाई भेटेर नेता थापाले न्यायका लागि आफुहरु साथमा रहेको भन्दै सान्त्वना दिएका हुन ।
धर्नामा बसिरहेका पीडितको अवस्था र न्याय दिलाउने सवालमा आफुले प्रधानमन्त्री र कँग्रेस सभापतीलाई भेटेर जानकारी गराउने समेत प्रतिबद्धता उनले गरेका छन ।
चिसोको समयमा त्रिपालमुनी चौबिसै घण्टा धर्ना बसिरहदा पिडितहरुको स्वास्थ्य अवस्था खतरामा पर्न सक्ने भन्दै उनिहरुलाई आफ्नो स्वास्थको ख्याल गर्न समेत नेता थापाले आग्रह गरेका छन ।