कोरोनाबाट बच्न बाहिरी जिल्लाका तरकारी आयातमा रोक


रामेछाप । कोरोना संक्रमणबाट बच्नका लागि रामेछाप जिल्लामा बाहिरी जिल्लाबाट तरकारी आयातमा प्रतिबन्ध लगाइएको छ । जिल्ला विपत व्यवस्थापन समितिको बैठकले जिल्ला बाहिरबाट तरकारी आयात गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

जिल्लामा सञ्चालनमा रहेका ठूला आयोजनाबाहेक अन्य आयोजनाहरु तत्काल सञ्चालनमा नल्याउने, जिल्ला बाहिरबाट मानिसहरुको प्रवेशलाई पूर्णरुपमा रोक लगाउने समेत निर्णय भएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार