
काठमाडौँ । नेकपाको सचिवालय बैठक अघि नै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् । उनी अपरान्न साढे ४ बजे शितल निवास पुगेका थिए ।
शितल निवासका अनुसार प्रधानमन्त्रीको नियमित भेटघाट हो । यसअघि ओलीले शबिार नै सचिवालय सदस्यहरु बामदेव गौतम, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापासँग भेट गरेका थिए ।
उनीहरुसँगको भेटपछि ओली शितल निवास पुगेका स्रोतले बताएको छ । तर शितल निवास जानुको कारण भने खुलेको छैन् ।










