ताप्लेजुङ । गएको शुक्रबार राति ताप्लेजुङकाे सदरमुकाम फुङ्लिङ बजारमा भएकाे आगलागीबाट सात कराेड बढीकाे क्षति भएकाे छ । आगलागीबाट २९ परिवार विस्थापित भएका छन् ।
प्रहरीले संकलन गरेको प्रारम्भिक क्षतिको विवरण अनुसार सात करोड ६५ लाख ७२ हजार ७०० बराबरको क्षति भएको छ । प्रहरीले क्षतिको संस्थागत र व्यक्तिवगत विवरण छुट्टाएको छ ।
व्यक्तिगत सात करोड ४३ लाख २५ हजार र संस्थागत २२ लाख ४७ हजार ७०० को क्षति भएको बताएको छ । त्यस्तै आगलागीमा परी आठवटा घर पूर्ण रुपामा लजेर नष्ट भएका छन् ।
आगलागीमा परी जलेको घरमा डेरा गरी बस्ने २९ परिवार विस्थापित भएका छन् । त्यस्तै आगलागीमा परी आठ संस्थागत कार्यालयमा पनि क्षति पुगेको छ ।
शुक्रबार राति १० बजेपछिबाट सुरु भएको आगो शनिबार बिहान मात्रै नियन्त्रण गरिएको थियो । जिल्ला विपद् व्यवस्थापन समितिले आगलागीमा क्षति भएका परिवार र संस्थालाई आज राहत विरण गर्ने तयारी गरेको छ ।










