
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा संचारजगत दोहोरो मारमा परेकाले बिशेष राहातको ब्यवस्था गर्न सरकारसंग माग गरेका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आइतबार एक विज्ञप्ति पारी गर्दै सभापति देउवाले कोरोना महामारीमा पत्रकार र मिडियालाई दुई वटा प्रमुख चुनौती थपिएकाले उनिहरुका लागि राहात ब्यवस्था गर्न माग गरेका हुन ।
“पत्रकार र मिडिया यतिबेलाच दुई खालका चुनौतीबाट गुज्रिरहेका छन् । कोभिड १९ को विश्वमहामारीले एकातर्फ पत्रकारको ब्यक्तिगत स्वास्थ्य सुरक्षा र अर्कातर्फ मिडियाको ब्यवहारिक ब्यवस्थापनमा चुनौती ल्याएको छ । विज्ञापनदेखि ढुवानीसम्ममा परेको असरले कतिपय मिडिया यसबीचमा बन्द भएका छन भने कयौं पत्रकार बेतलवी स्थितीमा छन् । अतः कोरोना संकटबाट समग्र प्रेस जगतमा उत्पन्न चुनौती न्युन गर्न पत्रकार र संचारमाध्यमका लागि बिशेष राहात योजना निर्माण गर्न म सरकारसंग माग गर्दछु”, जारी विज्ञप्तिमा भनिएको छ ।
सभापति देउवाले सरकारका अभिव्यक्ति र व्यवहारमा प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजेको समेत उल्लेख गरेका हुन्।
‘महामारीको मौका हेरेर प्रेसको स्वतन्त्रता कुण्ठित गर्ने खतरा बढेको छ। यसका केही संकेत सरकारका अभिव्यक्ति र व्यवहारमा देखिएका छन्,’ देउवाद्धारा जारी विज्ञप्तिमा भनिएको छ।
बारम्वार प्रेसका विरूद्ध दिएका अभिव्यक्ति र व्यवहार सच्याउन सरकारलाई सार्वजनिक अपिल गरेको समेत सभापति देउवाले बताएका छन् ।लकडाउनका बेला पनि सरकारले मिडियाविरूद्ध दवाव र स्पष्टिकरण सोधेर सत्ता संक्रमण बढाएको देउवाको आरोप छ।











