कोरोना संक्रमित नेपालीको संख्या कुवेतमा ८४ पुग्यो

काठमाडौं । विश्वभर फैलिएको कोरोना संक्रमणबाट कुवतेमा रहेका नेपालीहरु पनि पीडित बनेका छन् । संक्रमित नेपालीको संख्या दिनप्रतिनिद बढीरहेको छ । कुवेतमा ९ जना थप नयाँ संक्रमिण भेटिएसँगै संक्रमित नेपालीको संख्या ८४ पुगेको छ ।

कुवेतमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढीरहेको छ । जसमा मेपालीहरु पनि संक्रमित हुँदै गएका छन् । दूतावासका अनुसार मे ३ सम्ममा कुवेतमा ४ हजार ९ सय ८३ जनामा कोरोना पुष्टि भएको छ ।

दुतावसले नेपालीहरुलाई कोरोनाको शंका लागेमा तत्काल स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेको छ । कोरोना फैलिन नदिन र यसको प्रभावबाट मुक्त रहन अपनाउनुपर्ने सतर्कता अपनाउन पनि सबैलाई आग्रह गरेको छ ।

कोरोनाका कारण कुवेतमा पनि उद्योग, कम्पिनी, अफिस सबै बन्द छन् । यस्तो बेलामा तलब, सुविधा नपाएर खानेकुरा अभाव भई समस्यामा परेकालाई दूतावास, कम्पनी वा रोजगारदाता व्यवस्थापन पक्षसँग सम्पर्क गर्न दूतावासले सबैलाई भनेको छ ।

दिन प्रतिदिन संक्रमितको संख्या बढ्न थालेपछि त्यहाँ रहेका  नेपालीलाई पनि निकै डर भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार