अपहरण नगरेको भन्दै महेश बस्नेत र सर्वेन्द्र खनालले पनि दिए आयोगमा उजुरी


काठमाडौं । अपहरण नगरेको भन्दै सांसद सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्व आईजिपी सर्वेन्द्र खनालले पनि राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् ।

जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरणको आरोप गलत भएको भन्दै उनीहरुले सोमबार आयोग कार्यालय पुगेर उजुरी दिएका हुन् । यसअघि सांसद यादवले बस्नेत, श्रेष्ठ र पूर्वआईजिपी खनालले आफुलाई अपहरण गरेको भन्दै वैशाख १८ गते आयोगमा उजुरी दिएका थिए ।

गत बैशाख १० गते डा। यादवलाई बस्नेत, श्रेष्ठ र खनालले जनकपुरबाट रातारात काठमाडौं ल्याई होटलमा राखेका थिए । तत्कालिन समाजवादी पार्टी फुटाउनका लागि सांसद यादवको अपहरण गरिएको बताइएको छ ।

जनता समाजवादी पार्टीले प्रधानमन्त्रीकै नेतृत्वमा पार्टी फुटाउन सांसद यादवको अपहरण गरेको भन्दै टेकु प्रहरी र सरकारी वकिलको कार्यालयमा यसअघि उजुरी दिएका थिए । तर दुबै निकायमा उजुरी दर्ता नभएपछि अन्तिममा आयोगको शरणमा पुगेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार