हृदघातको हल्लापछि पूर्वयुवराज पारसले भनेः ‘के म हर्टअट्याक हुने मान्छे हो, ?


काठमाडौं । हृदघातको हल्लापछि पूर्वयुवराज पारस शाहले यसबारे प्रष्ट पारेका छन् । एकाएक उनलाई हृदयघात भएको हल्ला फैलिएपछि सोमबार उनले यसबारे प्रष्ट पार्न आफू स्वस्थ रहेको जानकारी दिएका हुन ।

सामाजिकसंजाल फेसबुकमार्फत उनले आफुलाई केहि नभएको र गलत हल्ला फिजाएको भन्दै बताएका छन् ।

“मलाई केही भएको छैन है साथीहरु, मलाई हृदयघात भयो रे भन्ने खालका हल्ला सुनेँ, के हर्टअट्याक हुने मान्छे हो म ?  भएपनि फेरि एकछिनमै उठ्छु”, उनले फेसबुक लाइभमा भनेका छन् ।

आफू चार दिनदेखि लगातार पार्टीमा रहेको समेत पूर्वयुवराज पारसले बताएका छन् । ‘ननस्टप पार्टी चार दिन भयो। पार्टी एक सातासम्म जानसक्छ । अर्को सातासम्म पनि गर्दिन्छु, उनले लाइभमा बताएका छन् ।

पारस यतिबेला पोखरामा साथीहरुसंग रहेको बताइन्छ । उनले गरेका भिडियो लाइभ क्लिप्समा उनि साथीहरुसंग रमाइरहेको देखिन्छ । तर, उनि बिरामी वा हृदघात भएको जस्तो देखिदैन् ।

भिडयो पनि हेर्नुहोस र सेयर गर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार