प्याब्सनद्धारा एसईईको परीक्षा नलिन सरकारलाई अनुरोध

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले यस वर्षको एईई परीक्षा नलिन सरकारलाई अनुरोध गरेको छ । कोरोना महामारीका कारण रोकिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा नलिई ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न सरकारलाई आग्रह गरेको हो ।

प्याब्सनले मंगलबार विज्ञप्ति जारी गर्दै कोरोनाका कारण परीक्षा सञ्चालन गर्ने अवस्था नभएको समेत उल्लेख गरेको छ ।

विज्ञप्तिमा ‘विद्यालयहरूले गरेका आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न प्याब्सन केन्द्रीय कार्य समिति उपयुक्त ठहर गर्दछ,’ भनिएको छ ।

चैत पहिलो साताका लागि तय भएको एसईई परीक्षा नोवल कोरोना भाइरसका कारण अन्तिम समयमा स्थगित भएको थियो ।

कोरोनाका कारण परीक्षा दिन नपाएका विद्यार्थी र अभिभावलाई पर्न गएको मनोसामाजिक असरका बारेमा पनि सोंच्न व्याब्सनले सरकारलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार