डडेल्धुरा बस दुर्घटना : मृतकको सख्या १७ पुग्यो, २० घाईते (फोटोसहित)

 

डडेल्धुरा । डडेल्धुराको रडुवा खोलामा बस दुर्घटनामा मृतकको संख्या १७ पुगेको छ । दुर्घटनामा घाईते २० जनाको डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

डडेल्धुरा सदरमुकाम नजिकै रहेको प्रसिद्ध उग्रतारा मन्दिरबाट मेला हेरेर फर्किदै गरेको से. १ प. २९३ नम्बरको पिसजोन इङलिस बोडिङको बस साँझ करिब ५ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घाईतेमध्ये केहिको अवस्था नाजुक रहेकाले मृतको संख्या अझै बढ्न सक्ने दुर्घटनास्थल पगेर फर्केका डडेल्धुराका प्रहरी नायब उपरिक्षक डम्बर बहादुर केसीले अनमोलपोष्टलाई जानकारी दिए । उद्धार कार्य जारि रहेकाले दुर्घटनामा मृतकको अहिले नै सनाखत हुन नसकेको प्रहरीको भनाई छ । मृतक १७ जनाको शव अहिले डडेल्धुरा उपक्षेत्रीय अस्पताल मै राखिएको छ ।

 

दुर्घटनामा परेको बस डोटीको बान्डुसैनबाट आएकाले दुर्घटनामा त्यहाँकै स्थानिय परेको हुन सक्ने प्रहरीको अनुमान छ ।
मृतकमध्ये १० जनाको घटनास्थलमा र ७ जनालाई डडेल्धुरा उपक्षेत्रीय अस्पताल ल्याउदै गर्दा मृत्यु भएको उपरिक्षक केसीले बताए ।

उग्रतारा देहिजाँतबाट फर्केको बस डडेल्धुराको गन्यापधुरा गाँउपालिकाकाको रडुवाखोलाको मोडमा सडकबाट करिब ३०० मीटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटना भएको खबर पाउने बित्तिकै डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, प्रहरी उपरिक्षक केसी सहितको सुरक्षा निकायको टोली घटनास्थल पुगेर उद्धार कार्यमा लागेको थियो ।

दुर्घटना भएको ठाँउ उद्धार कार्यका लागी ज्यादै अप्ठेरो रहेको र अध्यारो भएका कारण उद्धार कार्यमा समस्या भईरहेको प्रजिअ जोशीले बताए । तथापी उद्धार कार्यम प्रहरी, नेपाली सेना, सशत्र प्रहरी खटिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार