लकडाउन बारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । लकडाउन थप गर्ने बारे छलफल गर्न मन्त्रिपरिषद् बैठक आज बस्दै छ । विहान ११ बजेपछि बस्ने बैठकले लकडाउन थप एक साता लम्ब्याउने विषयमा निर्णय गर्ने छ ।

कोरोना रोकथामका लागि सरकारले चैत ११ गते देखि जारी राखेको लकडाउनको समय यहि बैशाख २५ गते सकिदै छ । त्यसपछि लकडाउन कति थप्ने र कसरी अगाडी बढ्ने भन्ने बारे बैठकमा छलफल गरिने बताइएको छ ।

यसअघि  प्रधानमन्त्रीसहित मंगलबार बसेको  कोरोना रोकथाम तथा उच्चस्तरीय समितिको बैठकले लकडाउनलाई निरन्तरता दिनुपर्ने सुझाव दिएको थियो ।

विभिन्न मन्त्रालयले कोरोना प्रभावित क्षेत्रलाई छुटाएर त्यसै अनुसार लकडाउनको मोडालिटी परिवर्तन गर्ने बताएका थिए । तर प्रधानमन्त्रीले भने लकडाउनलाई अहिलेकै अवस्थामा निरन्तरता दिनुपर्ने मत राखेका थिए ।

आजको मन्त्रिपरिषद् बैठकले लकडाउन अझै एक साता लम्ब्याउने निर्णय गर्ने छ । कोरोना संक्रमितको संख्या र निको भएका विरामीमा पनि कोरोना देखिन थालेपछि लकडाउन लम्ब्याउनुको विकल्प छैन् ।

अहिले सम्म नेपालमा ८२ जना कोरोना संक्रमित रहेका छन् भने १६ जना निको भएर घर फर्किसकेका छन् । निको भएर घर फर्किएका मध्ये तीन जनालाई पुन : संक्रमण देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार