आज बस्ने भनिएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ । आज बस्ने भनिएको सत्तारुढ नेकपाको स्थायी कमिटी  बैठक स्थगित भएको छ । बुधबार साँझसम्म बालुवाटारमा बसेको सचिवालय बैठकले स्थायी बैठकका एजेण्डा तय गर्न नसकेपछि बैठक स्थगित गरिएको हो ।

पार्टी प्रवक्ता नारायाणकाजी श्रेष्ठका अनुसार बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच छलफलगरी छिट्टै स्थायी कमिटी बैठक डाकिनेछ ।

बुधबार बसेको सचिवालय बैठकमा नेताहरुबीच एजेण्डाका बिषयमा सहमती जुट्न नसकेकपछि बैठक निष्कर्षविहीन सकिएको थियो ।

सचिवालय बैठक चलिरहेकै बेला प्रधानमन्त्री ओली आराम गर्ने भन्दै निस्किएका थिए । तर, एक नेताका अनुसार बैठकमै चर्का चर्की भएपछि उनी उठेर गएको बताएको छ । प्रधानमन्त्री ओलीले पार्टीमा कुनै छलफल नै नगरी दल विभाजन र न्याय परिषद् सम्बन्धिको दूईवटा अध्यादेश ल्याएदेखि नेकपामा विवाद चर्किएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार