संसद बैठकमा सहभागि हुन कोरोना परीक्षण रिपोर्ट अनिवार्य

काठमाडौं । सरकारको वर्षे अधिवेशन बैशाख २६ गते (भोली) देखि ससद भवनमा सुरु हुँदैछ । सरकारले उक्त बैठकमा सहभागि हुने सांसदले अनिवार्य रुपमा आफ्नो कोरोना परीक्षणको रिपोर्ट देखाउनु पर्ने नियम बनाएको छ ।

रिपोर्ट नदेखाउने सांसदलाई संसद भवन प्रवेशमा रोक लगाउने निर्णय पनि आजको कार्य व्यवस्था परामर्श समितिको बैठकले गरेको छ ।

सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको बैठकले सांसदहरुलाई कोरोनाको पीसीआर परीक्षणको रिपोर्ट देखाएरमात्र बैठक हलभित्र प्रवेश गर्न दिने निर्णय गरेको छ । रिपोर्टमा कोरोना संक्रमण देखियो भने बैठकमा सहभागि हुन पाउने छैनन् ।

आज विहान १० र ११ बजेबाट सुरु भएको सांसदहरुको स्वाब संकलनको रिपोर्ट भोली विहानसम्म आइसक्ने एक नेताले जनाएका छन् । उनीहरूले  उत्त रिपोर्ट देखार मात्रै संसद भवनमा प्रवेश गर्न पाइने छ ।

त्यस्तै काठमाडौं बाहिर रहेका सांसदको भने शुक्रबार मात्रै कोरोना परीक्षण हुने भएकाले उनीहरू शुक्रबारको बैठकमा भाग लिन नपाउने भएका छन् ।

सांसदहरुले अधिवेशन अवधिभर काठमाडौं छोडेर जान नपाउने बताइएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार