दुर्घटनामा घाईते १९ जनाको परिचय खुल्यो, मृतकको बांकी

डडेल्धुरा बस दुर्घटना अपडेटः

डडेल्धुरा । डडेल्धुरामा बिहिबार भएको बस दुर्घटनामा घाईते हुने १९ जनाको नाम ठेगाना अनमोलपोष्टलाई प्राप्त भएको छ ।
डडेल्धुराको रडुवाखोलामा भएको बस दुर्घनामा परि घाईते हुनेहरुमा सकायल डडेल्धुराका ईन्द्र भुल, रमेश भुल, पुरन भुल, कोराल डडेल्धुराका सुनिता रावल, विनोद किमाडी (ठेगाना नखुलेको), गोवघाटका श्याम ओझा, शिखर ६ डोटीका भिम बलायर, शिखर १० डोटीका सरिता बलायर, तिल्ताली डोटीका सोनिया रावल, सन्तोष रावल, बन्डोरसैन डोटीका भरत बलायर, सिल्ताडा डोटीका नारद बलायर, भेटा डडेल्धुराकी ईश्वरी दमाई, बेलापुर डडेल्धुराका थानेश्वर अवस्थी, तल्छी ७ डोटीकी हरिना बोहरा, बन्लेक १० डडेल्धुराकी सावित्री धामी, शिखर १० डडेल्धुराका रमेश धामी, र गन्यापधुरा डडेल्धुराका सुशिल बोहरा रहेका छन् ।

उनिहरु सबैको उपक्षेत्रिय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । दुर्घटनामा १७ जनाको मृत्यु भएको छ, मृतकहरुको सनाखत हुन बांकी रहेको डडेल्धुरा प्रहरीले जनाएको छ ।

डडेल्धुरा सदरमुकाम नजिकै रहेको प्रसिद्ध उग्रतारा मन्दिरबाट मेला हेरेर फर्किदै गरेको से. १ प. २९३ नम्बरको पिसजोन इङलिस बोडिङको बस साँझ करिब ५ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

उग्रतारा देहिजाँतबाट फर्केको बस डडेल्धुराको गन्यापधुरा गाँउपालिकाकाको रडुवाखोलाको मोडमा सडकबाट करिब ३०० मीटर तल खसेर दुर्घटना भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार