कोसी अस्पतालबाट फेरी ८ जना डिस्चार्ज

काठमाडौं । कोसी अस्पतालमा उपचार गराई रहेका ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । लगातार तीन पटकको कोरोना रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले शुक्रबार दिउँसो डिस्चार्ज गरेको हो ।

अस्पतालबाट उनीहरुलाई प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिदाइ गरेका छन् । कोसी अस्पतालबाट यसअघि पनि ६ जनाल निको भएर घर फर्किसकेका छन् ।

थप ८ जना डिस्चार्ज भएसँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या २७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार