काठमाडौं । नेपालगञ्जमा थप एक जनामा कोरोना पुष्टि भएको छ । नेपालगञ्जका १६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । त्यस्तै ३० जना निको भएर घर फर्किएका छन् भने, घर फर्किएका मध्ये ३ जनामा पुन : कोरोना संक्रमण देखिएको छ ।








