
काठमाडौं । आजबाट सुरु भएको संसदको बजेट अधिवेशनमा प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारको चर्को आलोचना गरेको छ । अधिवेशनमा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना महामारी देखि अध्यादेश जारी गरेसम्मका सबै कामको चर्को आलोचना गरेका छन् ।
उनले कोरोना महामारीका बेला प्रधानमन्त्रीले दुई वटा अध्यादेश ल्याउनुलाई नियोजित षडेन्त्रको संज्ञा दिएका छन् । ‘देश कोरोनासँग लडिरहेका बेला सरकारले अध्यादेश ल्याएर भाड्न खोज्नु प्रधानमन्त्रीको नियतमाथि नै प्रश्न उठेको छ, देउवाले भने ।’
उनले सिंगो देश कोरोनाबाट आतंकित भएको बेला सरकारले लोकतान्त्रिक मूल्य र मान्यता एवं संविधानको भावना विपरित अध्यादेश ल्याएको बताएका छन् । उनले ध्यादेश जारी गरेर अलोकतान्त्रिक एवं गैह्र जिम्मेवार चरित्र प्रस्तुत गरेको आरोप समेत लगाएका छन् ।










