
काठमाडौं । सिंहदरबार अगाडी प्रहरी र चिनियाँ नागरिकबीच झडप भएको छ । शुक्रबार दिउँसो चिनियाँ नागरिकले सिंहदरबार प्रवेश गर्न खोजपछि प्रहरीले प्रतिकार गर्दा झडप भएको हो ।
झडपमा महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेत घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ।
झडपमा संलग्न ३८ जनालाई प्रहरीले प्रकाउ समेत गरेको छ । उनीहरूले आफुहरु देश फर्किन चाहेको बताएका थिए । यो विषयमा दुतावासमा पनि जानकारी गराएको तर पहल नगरेकाले आफूहरु अलपत्र परेको बताएका थिए ।
लकडाउनका कारण नेपालमा रहेका धेरै चिनियाँ नागरिक यतै अलपत्र परेका छन्। केही समय अघि केहीलाई जहाज चाटर्ड गरेर पठाए पनि अझै केही नागरिक यतै अलपत्र परेको बताइएको छ ।
तीनै अलपत्र नागरिकहरु सिंहदरबार प्रवेश गर्न खोज्दा विवाद भएको बताइएको छ । यो विषयमा प्रहरीले थप अनुसन्धान गर्ने छ ।
सिंहदरवार अगाडी चाइनिज र नेपाल प्रहरीबीच यस्तो घमासान लडाई ।
सिंहदरवार अगाडी चाइनिज र नेपाल प्रहरीबीच यस्तो घमासान लडाई । के भन्नुहुन्छ यो हेरेर ?
Posted by Anmol Media on Friday, May 8, 2020








