भारतले लिपुलेकमा सडक बनाएपछि ओली र प्रचण्डबीच बालुवाटारमा आकस्मिक भेटवार्ता


काठमाडौं । भारतले एकलौटी रुपमा नेपाली भूमि लिपुलेकमा सडक बनाएपछि प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डबीच बालुवाटारमा आकस्मिक भेटवार्ता भएको छ ।

शनिवार दिउँसो भएको भेटवार्तामा समसामहिक बिषयबस्तुमा ओली र प्रचण्डबीच छलफल भएको बताइएको छ । भारतले लकडाउनको मौका छोपी लिपुलेकमा खोलेको सडक लगायतका विषयमा दुई नेताबीच गम्भिर छलफल भएको छ ।

भारतले एकलौटी रुपमा नेपालको दार्चुलामा रहेको लिपुलेक क्षेत्रमा सडक बनाएर संचालन गरेको छ । शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिहंले लिपुलेक हुंदै मानसरोबर जाने सडकको उद्घाटन गरेका थिए। उक्त खबर बाहिर आएपछि नेपालमा अहिले चर्को बिरोध भइरहेको छ ।

दुबै नेताहरुबीच पार्टीको आन्तरिक विबाद समाधानबारे पनि छलफल भएके छ । केहि दिनमा पार्टीको स्थायी कमिटी बैठक बोलाउने बिषयमा समेत छलफल भएको प्रचण्ड निकट स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार