आगामी बजेट कृषि, रोजगारी र कोरोनाबाट शिथिल अर्थतन्त्र उकास्नमा केन्द्रित

काठमाडौं । सरकारले कोरोना महामारीकैबीच आगामी वर्षको बजेट ल्याउन लागेको छ । आइतबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा सरकारले ल्याउन लागेको आर्थिक वर्ष २०७७र७८ बजेटका बारेमा जानकारी गराएका छन् ।

मन्त्री खतिवडाले विनियोजन विधेयक २०७७ पेश गर्दै कोरोनाका कारण शिथिल भएको मुलुकको अर्थतन्त्र उत्थानकै लागि बजेट केन्द्रित हुने बताएका छन् ।

आगमी वर्षको बजेटको नीति तथा कार्यक्रमको छलफलमा अर्थमन्त्री खतिवडाले प्राथमिकताका आधारमा मुलुकको अर्थतन्त्र उत्थानका लागि बजेट केन्द्रित हुने बताए ।

अघिल्ला वर्षहरु जस्तो यो वर्ष वितरणमुखी नभएर प्राथमिकताका आधारमा बजेट विनियोजन गरिने जानकारी मन्त्री खतिवडाले गराका छन् । उनले विपदको समयमा केन्द्रित बजेटले सोही कार्य नीतिलाई निदृष्ट गर्दै बजार सन्तुलन, निजी क्षेत्रको प्राथमिकिकरण, आर्थिक उपार्जनका लागि कृषि र रोजगार कार्यक्रमहरुमा केन्द्रित हुने बताए ।

कोरोनाले नेपालको अर्थतन्त्रसँग टुटेको सम्बन्ध स्थापित गर्ने अवसर दिएकोमा सरकारले सो अवसलाई सदुपयोग गर्दै कृषिलाई सर्वोपरीमा राख्दै आगामी वर्षको बजेटको नीति तथा कार्यक्रम ल्याउने बताए ।

मन्त्री खतिवडाले कृषि परियोजना, नीति तथा कार्यक्रम, सिँचाई, पूर्वाधार तथा आवश्यक सहुलियत, अनुदानलाई निरन्तरता दिने र युवा लक्षित कार्यक्रमहरु ल्याइने भनाई राखेका छन् ।

आगामी वर्ष नै कृषिमा उत्पादकत्व वृद्धि गर्दै मुलुकको अर्थतन्त्र उकास्न भूमि बैंकको कार्यक्रम ल्याउने र बैंकमार्फत भूमिविहीनलाई भूमि उपलब्ध गराई उत्पादनमा प्रोत्साहन गरिने मन्त्री खतिवडाको भनाइ छ । यसको अलवा कृषिमै केन्द्रित हुँदै सरकारले सहकारीमार्फत सामूहिक कृषिका कार्यक्रमहरु समेत अघि सार्ने जनाएको छ ।

मुलुकको अर्थतन्त्रको मुख्य तीन आधार सरकारी, निजी र सहकारीलाई नै प्रमुख आधार भएको भन्दै सरकार यसै आधारलाई आत्मसाथ गर्दै  आगामी वर्षको बजेट ल्याउने मन्त्री खतिवडले संसद मार्फत जानकारी दिए ।

सरकारले यो वर्ष कृषि र रोजगारीलाई नै बढी प्राथमिकता दिएको छ । कोरोना महामारीका कारण धेरै विदेशिएका युवाहरु नेपाल फर्किने र नेपालमै भएकाले पनि रोजगारी नपाउने सम्भावना बढीरहेका बेला सरकारको नीति तथा कार्यक्रमले ति विषयलाई पनि सम्बोधन गर्नु पर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार