कोसी अस्पतालबाट थप दुई जना कोरोना संक्रमित डिस्चार्ज

विराटनगर । कोसी अस्पतालबाट थप दुई जना काेराेना संक्रमित डिस्जार्च भएक छन् । पछिल्लो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालले डिस्चार्ज गरेको हो ।

उनीहरु एक जना भोजपुर र एक जना झापाका हुन् । भोजपुरका २७ वर्षीया युवा बैशाख १० गते र झापाका ६३ वर्षीया बुद्ध वैशाख १२ गते कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना भएका थिए ।

आइतबार दुई जना डिस्चार्ज भएसँगै कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ । यसअघि बुधबार ६ र शुक्रबार ८ जना निको भएर डिस्चार्ज भएका थिए ।

प्रदेश १ मा संक्रमितको संख्या ३५ छ । जसमा १६ जना डिस्चार्ज भएका छन् । अझै १९ जना उपचाररात छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार