थप १० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १२० पुग्यो

काठमाडौं । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरु कपिलवस्तुको यसोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७ र १० का स्थानीय बासिन्दा रहेको बताइएको छ ।

योसँगै नेपालमा संक्रमितको संख्या १ सय २० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार